आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बालेनविरुद्ध एम्बुलेन्स खरिदमा अनियमितता आरोप, अख्तियारमा पर्यो उजुरी

बालेनविरुद्ध एम्बुलेन्स खरिदमा अनियमितता आरोप, अख्तियारमा पर्यो उजुरी

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र २३ २०८१

  • 5.2K
    SHARES

  • बालेनविरुद्ध एम्बुलेन्स खरिदमा अनियमितता आरोप, अख्तियारमा पर्यो उजुरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको एम्बुलेन्स खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आरोपसहित मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    उजुरीमा मेयर शाहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूलाई पनि कारबाहीको माग गरिएको छ । उजुरीपत्रमा उल्लेख भएअनुसार, मेयर शाहको प्रत्यक्ष निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका गाउँपालिकाहरूलाई वितरण गर्ने उद्देश्यले ३५ वटा एम्बुलेन्स खरिद योजना अगाडि बढाइएको थियो, जसको प्रारम्भिक चरणमै अनियमितता भएको आशंका व्यक्त गरिएको छ ।

    उजुरी अनुसार सचिव साहले एक स्कर्पियो गाडी घुसस्वरूप लिने सहमति गरेका थिए र सोही अनुरूप खरिद प्रक्रिया अघि बढाइएको बताइएको छ । बोलपत्र दस्तावेज (बिड डकुमेन्ट) मा ‘सामान प्राप्त भएपछि मात्रै भुक्तानी हुने’ प्रावधान भए पनि, आपूर्तिकर्ता कम्पनीले खरिदको सुरुमै भुक्तानीको सर्त राखेको र महानगरले उक्त सर्त स्वीकार गरेको उल्लेख गरिएको छ । उजुरीकर्ताले यस कार्यलाई खरिद ऐन, २०६३ को दफा ५२(क) को उल्लंघन भएको दाबी गरेका छन् ।

    साथै, उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(क) र ९ बमोजिम कानुनी कारबाहीको माग गरेका छन् । साथै, मूल्यांकन समितिमा बसेकालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरिएको छ ।

    आर्थिक वर्ष २०८०–८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १९ २०८१०९:४६:१८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend