आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारले शिक्षकका जायज माग पूरा गर्नुपर्छ : शेखर कोइराला

सरकारले शिक्षकका जायज माग पूरा गर्नुपर्छ : शेखर कोइराला

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र २३ २०८१

  • 2.0K
    SHARES

  • सरकारले शिक्षकका जायज माग पूरा गर्नुपर्छ : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

    विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा ऐन जारी गरेर आन्दोलित शिक्षकलाई काममा फर्कने वातावरण बनाउन आग्रह गरेका हुन्। 

    सामाजिक संजालमार्फत नेता कोइरालाले भनेका छन्, ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बीच भएका सहमतिबमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’

    यतिबेला आम शैक्षिक हड्तालको घोषणा गरेर शिक्षकहरू काठमाडौं केन्द्रित भएर निर्णायक आन्दोलनमा छन्। सरकारले पहिले पनि सम्झौता गरेर झुक्याएको शिक्षक महासंघको आरोप छ। यसपटकको आन्दोलनमा विद्यालय शिक्षा ऐन लागू गर्ने वातावरण बनेपछि मात्रै आन्दोलन स्थगित हुने महासंघले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २९ २०७७०८:४८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend