आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विदेशी वस्तुको व्यापारले देश समृद्ध हुन सक्दैन : उद्योगमन्त्री

विदेशी वस्तुको व्यापारले देश समृद्ध हुन सक्दैन : उद्योगमन्त्री

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र २२ २०८१

  • 528
    SHARES

  • विदेशी वस्तुको व्यापारले देश समृद्ध हुन सक्दैन : उद्योगमन्त्री

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीहरूले नेपालमै उत्पादित वस्तु निर्यात गरेर नाफा कमाउनुपर्ने बताएका छन्।

    शनिवार काठमाडौँमा नेपाल हिमालयन सीमापार वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विदेशबाट वस्तु आयात गरेर नाफा कमाउनेले नेपालमै कुनै न कुनै उद्योग कलकारखानामा लगानी गर्नुपर्ने बताए। नेपालमा उत्पादित वस्तुको ब्राण्डिङ र लेवलिङ गरेर विश्व बजारमा निर्यात गरे मात्रै व्यवसायी र राज्य फस्टाउन सक्ने उनको भनाइ छ।

    उनले नेपाल छिमेकी ठूला दुई राष्ट्र चीन र भारतको बजार बनेको तर नेपालले वस्तु उत्पादन गरेर ब्राण्डिङ गर्न नसक्दा समस्या आएको बताए। उनले वस्तु आयातबाट भएको नाफाबाट राजधानीमा घर बनाएर सुखसयलमा बसेर मात्रै समृद्ध हुन नसक्ने बताए।

    मन्त्री भण्डारीले भने, ‘हामी केवल ट्रेडिङ गरी राख्या छौँ, आज तुलना गरौँ इण्डियाको सबैभन्दा ठूलो ट्रेडिङ नेपाल हो, चाइनाको पनि ठूलो ट्रेडिङ नेपाल हो। हामीले कसलाई ट्रेडिङ बनाउन सक्यौँ। या हामीले हाम्रो व्यापारको विविधकीरण गर्ने कुरा व्यापारको प्रमोशन गर्ने कुरा, हाम्रो वस्तुको ब्राण्डिङ गर्ने, प्याकेजिङ गर्ने, लेवलिङ गर्ने कुरा हामीले सक्यौँ त ? मेरो आग्रह छ‚ यहाँहरूले वस्तुको ट्रेडिङ गर्दा तपाईंले मुनाफा गरिसकेपछि कुनै न कुनै उत्पादनमा तपाईंको लगानी त हुनै पर्‍यो नि।’

    मन्त्री भण्डारीले हिमालयपार व्यापारलाई समृद्ध बनाउन सरकार तयारी अवस्थामा रहेको बताए। मन्त्री भण्डारीले नेपालमा उत्पादन भएका ५ हजार वस्तु चीनमा बिनाभन्सार दरमा नेपालले निर्यात गर्न पाउने चीनसँग सम्झौता भएकाले नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न आग्रह गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २२ २०८१०४:३३:३५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend