सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तीनकुने घटनाको छानबिन चलिरहेको मानव अधिकार आयोगको भनाइ

तीनकुने घटनाको छानबिन चलिरहेको मानव अधिकार आयोगको भनाइ

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र २२ २०८१

  • 831
    SHARES

  • तीनकुने घटनाको छानबिन चलिरहेको मानव अधिकार आयोगको भनाइ

    काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले गएको चैत १५ गते काठमाण्डौको तीनकुनेलगायतका ठाउँमा भएका घटनाको छानबिन भइरहेको जनाएको छ ।

    आयोगले विभिन्न टोली बनाइ घटना घटेका क्षेत्रको अनुगमन गरी तत्काल प्राप्त भएको जानकारीका आधारमा यसअघि आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको उल्लेख गरेको छ ।

    तीनकुने घटनाका सन्दर्भमा मानव अधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका टीका टिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

    घटना घटेको दिन र त्यसपछि पनि आयोगले क्षति र मानव अधिकारको उल्लङ्घनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्रसमेत लिएको जनाएको छ ।

    घटनाको गाम्भीर्य र उजुरीसमेतलाई मध्यनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानबिन र अनुसन्धान गरिरहेको प्रवक्ता पोखरेलको भनाइ छ ।

    आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई हिजो भेटसमेत गरेको छ ।

    त्यस्तै प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाको उपचारको अवस्थाबारे पनि आयोगको टोलीले विभिन्न अस्पतालमा पुगेर जानकारी लिएको छ ।

    आयोगको छानबिन एवम् अनुसन्धानकार्यलाई सहयोग पुर्‍याउन सम्बद्ध सबैलाई आग्रह गरेको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो ।  

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २२ २०८११०:४८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend