सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर एक महिलाको ज्यान गयो, दुई जना पक्राउ

बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर एक महिलाको ज्यान गयो, दुई जना पक्राउ

  • मिडिया डबली डेक्स
  • शुक्रवार, चैत्र २१ २०८१

  • 1.6K
    SHARES

  • बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर एक महिलाको ज्यान गयो, दुई जना पक्राउ
    फाइल तस्बिर

    रौतहट। खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ ।

    रौतहटको वृन्दावन नगरपालिका-१ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो ।

    स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो ।

    बँदेल मार्न थापेको धरापमा महिला मृत अवश्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उतर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर लास गाडेका थिए ।

    ‘जंगल छेउमा बनाएको गोठबाट फर्कदै गरेकी फुलमतिया देवीको विद्युतीय धरापमा करेन्ट लागेर मृत्यु भएपछि दुवै जनाले जंगलमा गाडेका थिए।’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले भने, ‘चैत्र १४ गते हराएकी महिलाको शव १९ गते गाडिएको अवस्थामा फेला परेको हो।’

    प्रहरीले महिलाको खोजतलास गर्ने क्रममा उनको घर नजिकै मकै बारीमा महिलाको चप्पल र बिजुलीको तारफेला परेपछि दुवैलाई पक्राउ गरेको उपरीक्षक घिमिरेले बताए ।

    पक्राउ परेका दुवैलाई प्रारम्भिक अनुसन्धान पश्चात कर्तव्य ज्यान तर्फ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७१०:०२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend