उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ।
तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
आक्रमण भएको विद्यालयमा विस्थापित परिवारहरूको आश्रयस्थल रहेको विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाले विद्यालयलाई लक्षित नगरेको भन्दै हमासको निर्देशनमा सञ्चालित प्रमुख विद्रोहीहरुलाई आक्रमण गरेको दाबी गरेको छ ।
इजरायल रक्षा बलका अनुसार आक्रमण गरिएको ठाउँमा हमास लडाकूहरूले इजरायली नागरिक र सेनाहरूविरुद्ध आक्रमणको योजना बनाउन प्रयोग गरिरहेका थिए ।
हमासको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली आक्रमणमा थप ९७ जनाको ज्यान गएको बताएको छ ।
इजरायलले प्यालेस्टिनी क्षेत्रको ठूलो भाग नियन्त्रण गर्न लगातार आक्रमण गरिरहेको हमासले आरोप लगाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।