आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्छ : मन्त्री चौरासीया

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्छ : मन्त्री चौरासीया

  • मिडिया डबली डेक्स
  • बिहिवार, चैत्र २० २०८१

  • 1.5K
    SHARES

  • तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्छ : मन्त्री चौरासीया

    काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन्।

    उनले दुर्गा प्रसाईंले मात्रै उक्त घटनाको जिम्मा लिएर नहुने दावी गरे।

    बिहीवार कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले जनताले हटाएको राजतन्त्रले पुनः संविधान उल्ट्याएर तानाशाही लाद्न खोज्नेसँग सरकारले कुनै किसिमको सम्झौता गर्न नहुने बताए। उनले राजा चाहने दलहरूले दुई तिहाइ जनमत लिएर संविधान परिवर्तन गरी आफूले चाहेको व्यवस्था कायम गर्न चुनौती दिए।

    उनले स्रोतसाधनको कमीका कारण जनताका असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको बताए। राजनीतिक दल तथा जनप्रतिनिधिमा भएका कमी कमजोरी सुधार्दै जानुपर्ने उनको भनाइ छ। उहाँले तीनकुने घटनाबारेमा सरकारले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरे।

    मन्त्री चौरसियाले भने, ‘संविधानसभाको चुनावबाट गणतन्त्र आएको हो। नेपाली जनताले चाहे भने जे पनि हुन्छ। तीनकुने घटनाको पूर्वराजाले जिम्मा लिनुपर्छ। दुर्गा प्रसाईंले मात्रै यसको जिम्मा लिएर हुँदैन। विमानस्थलबाट स्वागतसाथ पूर्वराजालाई लानु जरुरी थियो?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २० २०८१०६:२८:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend