आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भाटभटेनीको रक्सी चोर्ने रास्वपाका नेता डाक्टर राजकुमार राई पक्राउ

भाटभटेनीको रक्सी चोर्ने रास्वपाका नेता डाक्टर राजकुमार राई पक्राउ

  • मिडिया डबली डेक्स
  • बिहिवार, चैत्र २० २०८१

  • 2.0K
    SHARES

  • भाटभटेनीको रक्सी चोर्ने रास्वपाका नेता डाक्टर राजकुमार राई पक्राउ

    काठमाडौ । राजा फर्काउने हिंसात्मक आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्। 

    काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका हुन्।

    रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका संयोजक  समेत रहेका डाक्टर राजकुमार राई राप्रपाका नेताहरुसँग पक्राउ परेका हुन् । प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो।

    उनीमाथि भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेकोसमेत अभियोग लगाइएको छ। उनी यसअघि खोटाङमा नेपाली कांग्रेसका नेता थिए। पछि उनी रास्वपाको सक्रिय राजनीतिमा फर्किएका थिए। अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेत रहेको बताइएको छ।

    दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाएपछि उनी पक्राउ परेको पत्ता लागेको थियो। खोटाङ रावाबेसी गाउँपालिका–१ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।

    पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको समय लिएर थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।

    गएको पुस १३ गते राई खोटाङको जिल्ला अध्यक्षमा पराजित भएका थिए। केन्द्रीय सदस्य तोसिमा कार्कीको उपस्थितिमा पुस १३ गते शनिबार दिक्तेलमा भएको जिल्ला भेलामा उनी मुकुन्दकृष्ण थापासँग पराजित भएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २० २०८१११:०५:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend