सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतको सहयोगमा कार्यान्वयन हुने परियोजनाहरूको समझदारी पत्रमा हस्ताक्षर

भारतको सहयोगमा कार्यान्वयन हुने परियोजनाहरूको समझदारी पत्रमा हस्ताक्षर

  • मिडिया डबली डेक्स
  • बुधवार, चैत्र १९ २०८१

  • 963
    SHARES

  • भारतको सहयोगमा कार्यान्वयन हुने परियोजनाहरूको समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको समझदारी पत्रमा हस्ताक्षर समारोह सम्पन्न भएको छ । हिजो एक कार्यक्रमका बीच काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् । 

    भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा ६२ दशमलव ५ करोड नेपाली रुपैँया लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआइसीडीपी) सञ्चालन गर्न भन्दै समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

    उक्त सम्झौता अनुसार कोशी प्रदेशको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सान्बा माध्यमिक विद्यालयको निर्माण, सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित न्गाग्युर न्यिङ्मा पल्युल ढोङ्गाग छोलिङ गुम्बाको निर्माण, बागमती प्रदेशको चितवनको भरतपुर महानगरपालिकास्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा नेपाल भारत मैत्री ई पुस्तकालयको निर्माण, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं.३ मा स्वास्थ्य चौकी भवनको निर्माण,  सोही गाउँपालिकाको वडा नं. ६ मा स्वास्थ्य चौकी भवनको निर्माण, लुम्बिनी प्रदेशको गुल्मीको धुर्कोट गाउँपालिकास्थित निन्युखर्क माध्यमिक विद्यालयको निर्माण, बुटवल उपमहानगरपालिकास्थित नयाँ गाउँ माध्यमिक विद्यालय भवनको निर्माण, कर्णाली प्रदेशको हुम्लाको चंखेली गाउँपालिकामा नेपाल–भारत मैत्री अस्पतालको भवन निर्माण, सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी उपमहानगरपालिकास्थित सिद्धनाथ माध्यमिक विद्यालयको निर्माण र बझाङको जयपृथ्वी नगरपालिकास्थित श्री सत्यवादी माध्यमिक विद्यालयको प्रशासनिक तथा छात्रावास भवनको निर्माण परियोजना कार्यान्वयनमा आउने छन् । 

    यस्ता खालका उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआइसीडीपी) को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधाहरू प्रदान गर्न मद्दत गर्ने विश्वास समेत लिइएको छ । सन् २००३ यता भारतले हालसम्म समझदारी पत्रमा हस्ताक्षर भएका १० वटा परियोजनाहरू सहित नेपालमा ५ सय ७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ ।

    नेपालका ७ वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताहरूको सिर्जनाका क्षेत्रमा ४ सय ९५ परियोजनाहरू पूरा गरेको छ । बाँकी परियोजनाहरू विभिन्न चरणहरूमा सञ्चालन भइरहेको छ भारतीय दूतावासले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १९ २०८१०७:२१:५९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend