काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।
उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । संसदमा पनि आफ्ना कुरा राप्रपाकै अन्य सांसदलाई राख्न लगाउने गरेका थिए ।
पछिल्लो समय भने उनलाई पेटमा समस्या देखिएको थियो । त्यही समस्याका कारण उनी ओम अस्पतालमा भर्ना भएका थिए । उनको त्यहीँ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।