म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीन हजार ९ सयभन्दा धेरै घाइते भएका छन् । अझै दुई सय ७० जना हराइरहेका छन् । मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
गएको शुक्रवार म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा पूर्व प्राथमिक विद्यालयको भवन भत्किँदा १२ जना बालबालिका र केही शिक्षकशिक्षिकाको ज्यान गएको विद्यालयले पुष्टि गरेको छ । तर स्थानीयले झण्डै ४० जना बालबालिकाको ज्यान गएको हुनसक्ने बताएका छन् ।
सरकारले यही अप्रिल ६ सम्म राष्ट्रिय शोकको घोषणा गर्दै झण्डा आधा झुकाउने निर्णय गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारको काम भइरहेको छ ।
पछिल्लो चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्य प्रणाली नै धरासायी भएको म्यानमारले अन्तर्राष्ट्रिय सहायता मागेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन सहायता घोषणा गर्दै आउँदो ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ ।
रेडक्रसले पनि सय मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ । चीन, रूस, भारतलगायतका देशहरूले सहायता उपलब्ध गराइरहेका छन् । तर, सङ्कटको बीचमा पनि म्यानमारको सैन्य सरकारले विरोधी समूहहरू विरुद्ध हवाई आक्रमण गरिरहेको छ । भूकम्पपछि भएको हवाई आक्रमणमा सात जना विद्रोहीको ज्यान गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।