आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपाले गणतन्त्रको खोल ओढ्दैन : लामिछाने

रास्वपाले गणतन्त्रको खोल ओढ्दैन : लामिछाने

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र १७ २०८१

  • 2.9K
    SHARES

  • रास्वपाले गणतन्त्रको खोल ओढ्दैन : लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ महिनापछि पार्टी कार्यालयमा फर्कनु भएको छ ।

    लामिछानेको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको बताउनु भयो ।

    लामिछानेले भन्नुभयो – ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँदैने रहर हामीलाई छैन ।’

    पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक तथा कार्यकर्ता सम्बोधन गर्दे लामिछानेले भन्नुभयो ‘तपाईंले दिनुभएको माया र विश्वासलाई बेचेर खान्न, सत्ताले सुनोस्- रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे हो । प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँसिन्थ्यो होला त्यसले फरक पर्दैन। यिनीहरूसँग शिर झुकाएको भए मन्त्री, प्रधानमन्त्री हुन्थेँ होला, सरकार पनि ढल्दैनथ्यो होला, तर ज्यान जाला यिनका अघि शिर झुकाउँदिनँ।’

    सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ ।

    लामिछानेको सभापत्विमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै, पार्टीको आन्तरिक रणनीति, लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण अभियान देखि महाधिवेशनको तयारीका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १७ २०८१०४:४१:१३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend