आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अ‍ोलीले बोलाए गणतन्त्रवादी दलहरूकाे बैठक

अ‍ोलीले बोलाए गणतन्त्रवादी दलहरूकाे बैठक

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र १६ २०८१

  • 1.2K
    SHARES

  • अ‍ोलीले बोलाए गणतन्त्रवादी दलहरूकाे बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गणतन्त्रवादी दलहरूकाे बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएकाे जानकारीअनुसार बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ। 

    सभामुख देवराज घिमिरेसँगको छलफलमा सत्तारुढ एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका छन्। बैठकमा बर्तौलाले सोमबार प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग टेलिफोन संवादसमेत भएको जानकारी दिएका छन्।

    नेताहरूका अनुसार गणतन्त्रवादी दलहरूकाे साँझ बस्ने बैठकमा मुलुकका समसामयिक विषयमा छलफल हुनेछ। ​​राजावादीहरू सलबलाइरहेका र विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेका हुन्।

    कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख हटाइए यता प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रमुख प्रतिपक्षी माओवादीसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले सदन चल्न दिएका छैनन्।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०८१०१:४६:१७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend