आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्टुआर्ट ल नेपाली पुरुष क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त

स्टुआर्ट ल नेपाली पुरुष क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र १५ २०८१

  • 1.1K
    SHARES

  • स्टुआर्ट ल नेपाली पुरुष क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका स्टुआर्टलाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

    क्यानले शुक्रबार उनलाई मुख्य प्रशिक्षकको बनाएको जानकारी दिएको छ। उनले मोन्टी देसाइको स्थान लिनेछन्। ल र क्यानबीच दुई वर्षको सम्झौता भएको छ। 

    क्यानले भारतीय प्रशिक्षक देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो। देसाइको दुई वर्षे सम्झौता माघमा सकिएको थियो।

    क्यानले गत फागुन ३ गते  मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो।  मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो। त्यसबाट ललाई नियुक्त गरिएको हो।​

    लले यसघि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसकेका छन्।

    अस्ट्रेलिया सन् १९९६ को विश्वकपमा उपविजेता हुँदा ल टोलीको सदस्य थिए। लले अस्ट्रेलियाका लागि ५४ एकदविसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेलेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र १५ २०८१०८:०१:५१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend