आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हिजो स्थगित दुवै सदनको बैठक आज बस्दै

हिजो स्थगित दुवै सदनको बैठक आज बस्दै

  • मिडिया डबली डेक्स
  • बिहिवार, चैत्र १३ २०८१

  • 774
    SHARES

  • हिजो स्थगित दुवै सदनको बैठक आज बस्दै

    काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्।  नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो। विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजेसम्मका लागि स्थगित गरिएको छ। 

    विशेष गरी कुलमानलाई हटाएकोमा माओवादी केन्द्र आक्रोशित छ।  कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान छ।

    उनले  प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्रीले संसद्‌मा चित्तबुझ्दो जवाफ नदिए आन्दोलन अघि बढ्ने पनि प्रचण्डको  चेतावनी छ।

    संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाए लगत्तै मन्त्रिपरिषद्‌बाट कुलमान घिसिङलाई हटाउनु अर्को जालझेल भएको दाहालको दाबी छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटेर रुनेहरूलाई आफूले सदनमा जवाफ नदिने बताएका छन्। 

    युवा संघ नेपालले काठमाडौंमा गरेको भेलामा प्रधानमन्त्री ओलीले घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनाप्रति कटाक्ष गर्दै संसद्‌मा जवाफ दिन आवश्यक नरहेको बताए।  एउटा हटाएर अर्को नियुक्ति गर्नु नै जवाफ भएको उनको भनाइ छ।

    प्रधानमन्त्रीले ओलीले विपक्षीलाई सस्तो, हल्का र उत्ताउलो नहुन तथा प्रधानमन्त्रीका विषयमा जथाभावी नबोल्न चेतावनी दिए। चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थालाई रोक्न विपक्षीले सदन अवरोध गरेको प्रधानमन्त्री ओलीको आरोप छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १३ २०८०११:३०:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend