आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कुलमानलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध

कुलमानलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध

  • मिडिया डबली डेक्स
  • मंगलवार, चैत्र ११ २०८१

  • 741
    SHARES

  • कुलमानलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध

    काठमाण्डौ । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ कांग्रेसकै नेताहरुले यसको विरोध गरेका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।

    गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषदमै पनि कुलमानलाई हटाउने निर्णयमा असहमति जनाउनुभएको थियो । तर, कांग्रेसबाटै ऊर्जामन्त्री रहेका दीपक खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जोडबलमा घिसिङलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको बुझिएको छ ।

    प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । ‘देशमा नागरिकले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जनजनमा जानकारी छ । सरकारले मन्त्रिपरिषद बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चार माध्यमबाट थाहा हुन आएको छ । सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु’ प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

    २०७८ सालको साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका घिसिङलाई सरकारले हटाउने निर्णय गरेको हो । कार्यकारी निर्देशकको कार्यकाल चार वर्षको हुन्छ । अबको चार महिनापछि घिसिङको कार्यकाल सकिँदै थियो ।

    यसैबीच घिसिङले सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने तयारी गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णयपत्र पाएलगत्तै अदालत जाने उहाँको तयारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का कुलमानसँग पहिलेदेखि नै असन्तुष्ट हुनुहुन्थ्यो । कुलमानलाई हटाउन उहाँले पाँचपटक स्पष्टीकरण नै सोध्नुभएको थियो । पछिल्लोपटक मन्त्रिपरिषद्ले सोधेपछि पनि कुलमानले स्पष्टीकरण बुझाउनुभएको थियो । तर स्पष्टीकरण चित्तबुझ्दो भन्दै मन्त्रिपरिषदको हिजोको बैठकले उहाँलाई पदबाट हटाउने निर्णय गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ११ २०८१०६:५४:१६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend