आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन मुख दलका तीन शीर्ष नेता सहमत

सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन मुख दलका तीन शीर्ष नेता सहमत

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र १० २०८१

  • 1.0K
    SHARES

  • सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन मुख दलका तीन शीर्ष नेता सहमत

    काठमाण्डाै । प्रमुख दलका तीन शीर्ष नेता सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिश समिति गठन गर्न सहमत भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि भएको शीर्ष नेतृत्वको छलफलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई वटा आयोगमा पदाधिकारी सिफारिश गर्ने समिति गठनको प्रक्रिया अघि बढाउने सहमति गरेको बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो ।

    यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएकाे यस्तै समितिले कुनै पनि पदाधिकारीको नाम सिफारिश गर्न सकेको थिएन । समितिको म्याद सकिएपछि सङ्क्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध भएकाे थियो ।

    सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो । यस्तै छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत र खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल पनि छलफलमा सहभागी हुनुहुन्थ्यो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १० २०८१०६:२४:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend