आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राजावादी समूहलाई काउन्टर दिन एमालेले देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने

राजावादी समूहलाई काउन्टर दिन एमालेले देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने

  • मिडिया डबली डेक्स
  • शुक्रवार, चैत्र ७ २०८१

  • 705
    SHARES

  • राजावादी समूहलाई काउन्टर दिन एमालेले  देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशमा भइरहेका प्रतिगामी हर्कतविरुद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ।

    राजा फर्काउने भन्दै राजावादी समूहलाई काउन्टर दिन एमालेले अभियान थाल्ने निर्णय गरेकाे हो। 

    एमालेले यही चैत ११ गते एकै दिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ। तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरुद्ध जनपरिचालन, जनसचेतना कार्यव्रmम आयोजना गर्ने भएको हो।

    यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिने छ। एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका छ वटै प्रदेशका सहर धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ।

    प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने छ। बिहीबार महासचिव शङ्कर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम  प्रभावकारी
    रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्।  

    नेकपा (एमाले) केन्द्रीय सचिवालयको यही चैत ४ गते बसेको ४६ औँ बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो। 

    महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए। उनले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरणसमेत जानकारी गराएका थिए। 

    सो क्रममा उनले पञ्चायतको अन्त्यपछि कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत् उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, शिशु मृत्युदरमा न्यूनीकरणलगायतका महत्वपूर्ण सूचकमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।

    प्रतिगामी कुप्रयासका विरुद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडामा एकसाथ जनसचेतना कार्यव्रmम सञ्चालन गर्ने भएको एमालेले चैत १८ गते काठमाडौँ उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापाबाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने भएको छ। 

    चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष सभाको आयोजना गर्ने तथा काठमाडौँ उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने एमालेले जनाएको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ७ २०८११०:०१:२२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend