सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय

रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय

  • मिडिया डबली डेक्स
  • बुधवार, चैत्र ५ २०८१

  • 1.1K
    SHARES

  • रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौँ । सरकारले रामनवमीका दिन चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    यसैगरी बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ।

    बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायाधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

    सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गरेको छ। 

    यसैगरी नेपाल सरकारको नाममा दर्ता रहेको काभ्रेपलाञ्चोक जिल्ला साविक मेथिनकोट गा. वि. स. वडा नं. ६ को ६ रोपनी र साविक पोखरी नारायणस्थान गा. वि. स. वडा नं. ३ को ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेबेसी र प्रहरी चौकी पोखरी नारायणस्थानको भवन निर्माण गर्नको लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।

    साथै यदुनाथ पौडेल, अर्घाखाँचीलाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने भएको छ। 

    यसैगरी पवित्रा सुवेदी, सुर्खेत र रामशरण सापकोटा, मकवानपुरलाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्ति गर्ने सरकारले निर्णय गरेको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १५ २०७९०९:२०:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend