सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मंगलबार सार्वजनिक बिदा दिने घोषणा

मंगलबार सार्वजनिक बिदा दिने घोषणा

  • मिडिया डबली
  • सोमवार, बैशाख १९ २०७९

  • 8.5K
    SHARES

  • मंगलबार सार्वजनिक बिदा दिने घोषणा

    काठमाडौं- गृह मन्त्रालयले मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। इस्लाम धर्मावलम्बीको चाड इदुलफित्रका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

    मुस्लिम आयोगको सिफारिसमा मंगलबार बिदा दिइएको हो। इदुलफित्रमा इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने परम्परा छ।

    गएको चैत २० गतेदेखि सुरु भएको रमजान सोमबार सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्ति दिनमा निराहार बस्छन्। रोजा (ब्रत) बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्छन्। इदुलफित्रसँगै रोजाको शृंखला समापन हुन्छ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २० २०७९०९:४०:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend