यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुगेको छ । ज्यान गुमाउनेहरूमा पाँच जना बालबालिका पनि रहेका हुथी विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकाले अस्ति शनिवार हुथी विद्रोहीहरूविरुद्ध निर्णायक र शक्तिशाली हवाई आक्रमण शुरू गरेको बताएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई प्रतिक्रिया स्वरूप उनीहरूविरुद्ध कारबाही अगाडि बढाएको बताउनुभएको थियो । आक्रमणमा मारिएकाहरूमा हुथी विद्रोहीका उच्च पदस्थ नेताहरूसमेत रहेका अमेरिकाको दाबी छ ।
यसैबीच हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले यमनमा अमेरिकी आक्रमण भइरहे आफूहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई लक्षित गरिरहने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले हुथी विद्रोहीको डकैती, हिंसा र आतङ्कले अर्बाैं डलरको क्षति भएको भन्दै मानिसहरूको जीवनलाई समेत जोखिममा पारेको बताउँदै आउनुभएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।