अमेरिकाले आफ्नो देशमा रहेका दुई सयभन्दा धेरै भेनेजुएलाका कैदीबन्दीलाई एल साल्भाडोरको सुपरम्याक्स जेलमा डिपोर्ट गरेको छ ।
आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका भेनेजुएलाका गिरोह सदस्यहरूलाई सार्न अदालतले रोक लगाए पनि अमेरिकाले उनीहरुलाई देश निकाला गरेको हो ।
एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमार्फत भेनेजुएलाको आपराधिक गिरोह ट्रेन डे अरागुआका दुई सय ३८ सदस्यहरूमध्ये अमेरिकी देश एल साल्भाडोर आइपुगेका बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी सरकार र एल साल्भाडोरले बन्दीहरूको पहिचान गरेका छैनन् भने उनीहरुको अपराध के हो वा कस्तो गिरोहका सदस्य हुन् भन्नेबारे पनि केही खुलाइएको छैन ।
राष्ट्रपति ट्रम्प प्रशासनलाई उनीहरुको देश निकाला जायज नभएको भन्दै एक सङ्घीय न्यायाधीशको आदेश आएको भए पनि कैदीबन्दी बोकेका उडानहरू पहिले नै प्रस्थान गरिसकेका थिए ।
ह्वाइट हाउसका अनुसार भेनेजुयलाका आपराधिक गिरोहले अमेरिकी नागरिक जोखिममा रहेका तर अब कुनै खतरा नभएको बताएको छ ।
ट्रम्पले अस्ति शनिवार ट्रेन डे अरागुआ गिरोहले अमेरिका विरुद्ध अनियमित युद्ध सञ्चालन गरिरहेको भन्दै यसमा आवद्ध सदस्यहरुलाई देश निकाला गर्ने घोषणा गर्नुभएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।