आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानमा रेल अपहरणमा परेका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए

पाकिस्तानमा रेल अपहरणमा परेका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए

  • एजेन्सी
  • बुधवार, फाल्गुण २८ २०८१

  • 1.0K
    SHARES

  • पाकिस्तानमा रेल अपहरणमा परेका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए

    पाकिस्तानको बलुचिस्तान प्रान्तबाट हिजो अपहरणमा परेका रेलका एक सय चार जना यात्रुको उद्धार गरिएको छ ।

    हतियारधारी समूहले चार सय ५० जनाभन्दा धेरै यात्रु रहेको रेलका एक सय भन्दा धेरैलाई अपहरण गरी बन्धक बनाएका थिए ।

    यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको बीबीसीले जनाएको छ ।

    क्वेटा शहरबाट पेशावरका लागि छुटेको जाफर एक्सप्रेसको रेलका यात्रीलाई हतियारधारी समूहले अपहरण गरेका थिए ।

    अपहरणको सूचनालगत्तै सुरक्षा टोली उद्धारका लागि खटिएको थियो । त्यसक्रममा अपहरणमा संलग्न १६ जना मारिएका छन् ।

    क्वेटाका वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफका अनुसार महिला र बालबालिकासमेत अपहरणमा परेका थिए ।

    यसअघि नोभेम्बरमा, बीएलएले क्वेटाको मुख्य रेलवे स्टेशनमा भएको बम विस्फोटको जिम्मेवारी लिएको थियो । जसमा १४ सैनिकसहित २६ जनाको ज्यान गएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २८ २०८११०:४९:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend