आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौं महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

काठमाडौं महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

  • मिडिया डबली डेक्स
  • सोमवार, फाल्गुण २६ २०८१

  • 723
    SHARES

  • काठमाडौं महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरीवाना गरेको छ ।

    महानगरले हिजो पठाएको पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एअरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यसमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको उल्लेख छ ।

    महानगरले फोहोरमैला व्यवस्थापन ऐन,२०६८,काठमाण्डौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरीवाना तोकिएको हो ।

    राप्रपाले हिजो पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला क्षेत्रमा प्रदर्शन गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २६ २०८१०९:३०:२८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend