अमेरिका । क्यानडामा रहदै आएकी सामाजिक अभियन्ता चन्दा अधिकारीले क्यानडामा प्रदान गरिने किङ चार्ल्स तृतीय कोरोनेशन मेडल प्राप्त गरेकी छन् । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, क्यानडाकी महासचिव समेत रहेकी अधिकारीले सामाजिक सेवामा पुर्याएको उल्लेखनीय योगदान स्वरुप साे मेडल प्राप्त गरेकी हुन् ।
उनलाई क्यानडाका सांसद मनीन्दर सिधुले मेडल तथा प्रमाणपत्र प्रदान गरे । आफूले प्राप्त गरेको यो सम्मान सबै नेपालीको लागि सम्मान भएको अधिकारीले बताएकी छन। उनले आफूले पाएको यो सम्मानले सामाजिक सेवामा लाग्न युवा पुस्तामा प्रेरणा मिलेको समेत उल्लेख गरिन् ।
अधिकारी क्यानडामा रहेर विभिन्न् सामाजाजिक कार्यहरूमा समेत सक्रिय रहदैआएकी छन । क्यानडामा किङ चार्ल्स तृतीय कोरोनेशन मेडल प्राप्त गर्ने अधिकारी पहिलाे नेपाली महिला हुन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।