आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जबरजस्ती नर्गन पूर्वराजालाई दलहरूको आग्रह

जबरजस्ती नर्गन पूर्वराजालाई दलहरूको आग्रह

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण २५ २०८१

  • 1.1K
    SHARES

  • जबरजस्ती नर्गन पूर्वराजालाई दलहरूको आग्रह

    काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले अराजक गतिविधि गरेमा प्रतिवाद गर्ने चेतावनी दिँदै पूर्वराजालाई संवैधानिक दायराभित्र रहन आग्रह गरेका छन् ।

    विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजाले जबरजस्ती गर्न खोजे सह्य नहुने चेतावनी दिएका हुन् ।

    अस्ति शुक्रवार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकतामा भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभयो । बिहीवार महोत्तरीमा कांग्रेस सभापति देउवाले गणतन्त्रमा राजतन्त्रको स्थान नभएको बताउनुभयो ।

    यस्तै पार्टीको तराई–मधेश जागरण अभियानका क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र ल्याउन खोजेर इतिहासको चक्का पछाडि फर्काउन सम्भव नभएको बताउनुभयो । राजावादीको गतिविधिका कारण काठमाण्डौ केन्द्रित कार्यक्रम गर्ने भन्दै माओवादीले हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेश जागरण अभियान पनि स्थगित गरेको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहनुभएको छ भने राजसंस्था पक्षधरहरूले सार्वजनिक राजनीतिक गतिविधि बढाउँदै लगेका छन् ।

    यसैबीच आज पूर्वाराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने राजावादीहरूकाे तयारी रहेकाले प्रहरीले काठमाण्डौमा सुरक्षा सतर्कता बढाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २५ २०८१०९:२२:०४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend