काठमाण्डौ । काठमाण्डौको थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पसेको छ ।
आज बिहान पाँच बजे मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको प्रहरी वित्त सिंहदरबारले जनाएको छ । पाइप फुटेपछि केही समय थापाथली प्रसुति गृह सडक अवरूद्ध भएको थियो ।
अहिले पाइप मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ । पाइप के कारणले फुट्यो भन्ने थाहा नभएको प्रहरीको भनाइ छ ।
अहिले सडक एकतर्फी रुपमा सञ्चालन गरी पाइप मर्मतको काम भइरहेको छ । यसअघि पनि बबरमहलमा विद्युत प्राधिकरणले काम गर्ने बेलामा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक र सरकारी कार्यलय जलमग्न भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।