सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मेलम्ची बजारमा फेरि अर्काे खतरा, सरकारबाट आकस्मिक सूचना जारी

मेलम्ची बजारमा फेरि अर्काे खतरा, सरकारबाट आकस्मिक सूचना जारी

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३ २०७८

  • 6.6K
    SHARES

  • मेलम्ची बजारमा फेरि अर्काे खतरा, सरकारबाट आकस्मिक सूचना जारी

    काठमाडौं – बुधबार बिहानैदेखि मेलम्ची र ईन्द्रवती नदीमा आएको बाढीका कारण आक्रान्त बनेको सिन्धुपाल्चोकको मेलम्ची बजारमा फेरि अर्काे खतरा देखिएको छ ।

    सरकार मातहतको बाढी पूर्वानुमान शाखाले आकस्मिक सूचना जारी गर्दै पहिरोबाट नदीमा लेदो बग्ने सम्भावना रहेकाले सतर्क हुन अनुरोध गरेको छ ।

    नदीमा लेदो बगेर तटीय क्षेत्रमा आउने भएकाले मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

    साँझ ७ः३० बजे ट्विटरमा जारी सूचनामा उल्लेख छ, ‘सिन्धुपाल्चोकस्थित शेर्माथाङ्ग र धाप वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्रमा असार १ गते पहिरो गएकाले, लेदो बग्ने सम्भावना भएकाले मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रहरुमा सतर्कता अपनाऔं ।’

    सिन्धुपाल्चोकमा वर्षाैपिच्छे एकपछि अर्काे विपत्ति आइराख्दा समेत सरकारले पूर्व तयारी गर्न सकेको छैन । जसले गर्दा जनताको जनधनको क्षति भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २० २०८१०७:३३:४६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend