आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनको विद्युतीय सवारी उद्योग संकटमा: बिक्री ५०% घट्दा ४०० कम्पनीमध्ये ८ मात्र बाँकी

चीनको विद्युतीय सवारी उद्योग संकटमा: बिक्री ५०% घट्दा ४०० कम्पनीमध्ये ८ मात्र बाँकी

  • एजेन्सी
  • शुक्रवार, फाल्गुण १६ २०८१

  • 2.1K
    SHARES

  • चीनको विद्युतीय सवारी उद्योग संकटमा: बिक्री ५०% घट्दा ४०० कम्पनीमध्ये ८ मात्र बाँकी

    चीनको नयाँ ऊर्जा सवारी (NEV) बिक्रीमा ५०% गिरावट आएपछि ४०० मध्ये केवल ८ कम्पनी मात्र अस्तित्वमा बाँकी छन्। कुनै समय ३ लाख युआन भन्दा बढी मूल्य राख्ने यी विद्युतीय सवारीहरू अब बिक्री हुन नसक्ने अवस्थामा पुगेका छन्। Mercedes-Benz र BYD को सहकार्यमा निर्मित २०१९ मा दर्ता भएका थुप्रै नयाँ कारहरू फोहोरमैला जस्तै भइसकेका छन्।

    जनवरी २०२५ मा चीनको NEV बिक्री आधाले घटेको थियो। रेडियो फ्री एसिया (RFA) को रिपोर्ट अनुसार, चीनमा सन् २०१४ देखि NIO, Li Auto, Xpeng जस्ता नयाँ कार ब्रान्डहरू स्थापित भए। २०१९ सम्म ६० भन्दा बढी कम्पनीहरू कार उत्पादन गर्न आए पनि ४०० भन्दा धेरै कम्पनीहरूले कहिल्यै गाडी उत्पादन गर्न सकेनन्। दस वर्षमा चीनका २३ नयाँ ऊर्जा कम्पनीहरूले वार्षिक १३.५५ मिलियन सवारी उत्पादन गर्ने योजना बनाएर ६८५.३ अर्ब युआन लगानी गरे, तर १६ कम्पनी टाट पल्टे वा शून्य बिक्रीमा सीमित रहे।

    यसका मुख्य कारणहरू मध्ये सरकारको अति हस्तक्षेप, उपभोक्ता विश्वासको कमी, निम्न गुणस्तरका उत्पादनहरू, र विदेशी प्रतिबन्धहरू रहेका छन्। संयुक्त राज्य अमेरिका र युरोपले चीनको EV डम्पिङ विरुद्ध भन्सार बढाएपछि घरेलु बजारमा पनि विक्रि संकट उत्पन्न भयो। साथै, सवारी साधनहरूमा देखिएको जंग लाग्ने समस्या तथा कम गुणस्तरले ग्राहकहरू निराश बने।

    सबैभन्दा ठूला EV असफलताहरू मध्ये, WM मोटर्स ले ४० अर्ब युआन लगानी गरे पनि अब उत्पादन बन्द छ। दोस्रो-हात बजारमा ६ लाख युआन पर्ने NIO ES8 को मूल्य १ लाख युआनमा झरेको छ। HiPhi X जस्तो ७ लाख युआन मूल्य राख्ने गाडी पनि २ लाख युआनसम्म सस्तो बनाएर बिक्री गर्न खोजिए पनि ग्राहकहरू आकर्षित भएका छैनन्।

    चीनको EV उद्योग मूलतः सरकारको अनुदानमा निर्भर थियो, जुन दीर्घकालीन रूपमा दिगो हुन सकेन। राज्य-नियन्त्रित योजनाहरूका कारण बजार प्रतिस्पर्धा विकृत भयो। चीनको NEV नीति असफल हुने संकेतहरू स्पष्ट देखिएको भन्दै विश्लेषकहरूले ठूलो संख्यामा दिवालियापन, रोजगारी गुम्ने अवस्था, र सामाजिक असन्तोष बढ्ने चेतावनी दिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १६ २०८१०१:१३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend