आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चिनियाँ एआई डीपसिक विवादमा: गलत सूचना, सरकारी नियन्त्रण र सेन्सरसिपको आरोप

चिनियाँ एआई डीपसिक विवादमा: गलत सूचना, सरकारी नियन्त्रण र सेन्सरसिपको आरोप

  • एजेन्सी
  • शुक्रवार, फाल्गुण १६ २०८१

  • 855
    SHARES

  • चिनियाँ एआई डीपसिक विवादमा: गलत सूचना, सरकारी नियन्त्रण र सेन्सरसिपको आरोप

    चिनियाँ एआई च्याटबट डीपसिक प्रारम्भमा सीमित स्रोतमै उत्कृष्ट प्रदर्शन गर्ने प्रविधिको रूपमा प्रस्तुत गरिए पनि, यसको विश्वसनीयता, सत्यता, पारदर्शिता र सरकारी प्रभावबारे गम्भीर प्रश्न उठ्न थालेपछि विवादमा फसेको छ।

    विशेष गरी उइघुर नरसंहार, तिब्बती स्वतन्त्रता आन्दोलन, तथा अन्य संवेदनशील विषयमा डीपसिकले जानकारी लुकाउने, तोडमोड गर्ने र सरकारी धारणा मात्रै प्रस्तुत गर्ने गरेको देखिएको छ। यसले चीन सरकारको प्रचार यन्त्रको रूपमा काम गरिरहेको भन्दै कतिपय देशहरूले यसलाई प्रतिबन्ध लगाएका छन्।

    प्रयोगकर्ताहरूले विभिन्न परीक्षण गर्दा डीपसिकले चीन सरकारको आधिकारिक नीति अनुसार मात्र जवाफ दिने र सरकारको आलोचनात्मक पक्षलाई पूर्ण रूपमा नजरअन्दाज गर्ने गरेको खुलासा भएको छ। विज्ञान लेखक डोना लु का अनुसार तियनानमेन हत्याकाण्ड, अम्ब्रेला क्रान्ति वा पूर्व राष्ट्रपति हु जिन्ताओ को अवस्थाबारे सोध्दा डीपसिकले "यो मेरो कार्यक्षेत्र बाहिर पर्छ" भन्ने जवाफ दिएको थियो।

    उइघुर नरसंहारबारे सोध्दा यसले चीन सरकारको आधिकारिक धारणा प्रस्तुत गर्दै ‘नरसंहारको दाबी पूर्ण रूपमा निराधार’ भनेको पाइयो। यसले पश्चिमा मुलुकहरू वा मानव अधिकार संस्थाहरूको दृष्टिकोण पूर्ण रूपमा बेवास्ता गरेको थियो।

    उइघुर समुदायले डीपसिकलाई चिनियाँ सरकारले उइघुर पहिचान मेटाउने अर्को हतियारका रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन्। चीनमा परिवारका सदस्यहरू गुमाएकी जुमरेतारी अर्किन ले डीपसिकलाई "गम्भीर चिन्ताको विषय" भन्दै यसले सत्य लुकाउने, गलत सूचना फैलाउने र इतिहास मेटाउने प्रयास गरिरहेको बताइन्।

    डीपसिकले चीनसँग सम्बन्धित विवादास्पद भू-राजनीतिक मुद्दाहरूमा पनि चीन सरकारको आधिकारिक धारणा मात्रै प्रस्तुत गर्छ। जब ताइवान स्वतन्त्र मुलुक हो कि होइन भनेर सोधियो, यसले "ताइवान र चीनबीच गहिरो ऐतिहासिक नाता छ र दुबै पक्ष चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि समर्पित छन्" भन्ने जवाफ दियो।

    डीपसिकको उद्देश्य सत्य जानकारी दिनु नभएर चिनियाँ सरकारको आधिकारिक प्रचारलाई अगाडि बढाउनु रहेको सिंगापुरस्थित एस. राजारत्नम स्कूल अफ इन्टरनेसनल स्टडिजका अनुसन्धानकर्ता जि याङ ले बताए। "डीपसिक गलत सूचना प्रवाह गर्ने एउटा प्रविधि बनेको छ, जसले चीन सरकारको धारणा मात्रै प्रचार गर्छ," उनले भने।

    चिनियाँ कम्पनीहरू कानुनी रूपमा सरकारलाई सबै जानकारी उपलब्ध गराउन बाध्य भएकाले डीपसिकको डेटा संकलनबारे पश्चिमी मुलुकहरूमा चासो बढ्दै गएको छ। प्रयोगकर्ताको टेक्स्ट, अडियो इनपुट, च्याट इतिहास तथा अन्य व्यक्तिगत डेटा चीनमै सञ्चित हुने भएकाले यसले जासुसी, निगरानी तथा राजनीतिक प्रभावका लागि प्रयोग हुनसक्ने आशंका गरिएको छ।

    बेइजिङ सरकारले डीपसिकलाई "ग्रेट फायरवाल" अर्थात् चिनियाँ सेन्सरसिप प्रणालीको समर्थन गर्न निर्देशन दिएको देखिन्छ। कतिपय अवस्थामा डीपसिकले संवेदनशील जानकारी अनायासै दिएमा, त्यसलाई तुरुन्तै हटाउने वा व्याख्या फेर्ने गरेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ को नाम सोध्दा समेत यसले जानकारी दिन अस्वीकार गर्‍यो।

    प्रविधि विज्ञ विलियम म्याथ्युज ले डीपसिकको सेन्सरसिपलाई "विश्वभरका लागि गम्भीर खतरा" भनेका छन्। "चीनले यो प्रविधि आफ्ना नीतिहरू विश्वभर फैलाउने माध्यमका रूपमा प्रयोग गरिरहेको छ। यसले स्वतन्त्र सूचनाको पहुँचलाई नियन्त्रण गर्न सक्ने सम्भावना छ," लन्डनस्थित चाथाम हाउसका वरिष्ठ अनुसन्धानकर्ता ले बताए।

    डीपसिकको सम्भावित जोखिमलाई ध्यानमा राख्दै इटाली, अष्ट्रेलिया, ताइवान, र दक्षिण कोरियाले यसलाई प्रतिबन्ध गरिसकेका छन्। फ्रान्स र आयरल्याण्डले डीपसिकले प्रयोगकर्ताको व्यक्तिगत डेटा कसरी प्रयोग गर्छ भन्ने अनुसन्धान गरिरहेका छन्। अष्ट्रेलियाली गृह मन्त्रालयका अनुसार "डीपसिकको प्रयोग सरकारले लिन नसक्ने सुरक्षाजन्य जोखिम उत्पन्न गर्छ।"

    क्वाटरस्थित नर्थवेस्टर्न विश्वविद्यालयका प्राध्यापक एडी बोर्गेस-रे का अनुसार पश्चिमी मुलुकहरू चिनियाँ प्लेटफर्महरूले संकलन गरेको डेटा जासुसी, निगरानी वा राजनीतिक प्रभावका लागि प्रयोग हुनसक्ने भन्दै सचेत छन्।

    डीपसिकमाथिको आलोचना झन् चर्कँदै गएको छ, किनकि यसले सत्य जानकारीको साटो सरकारको आधिकारिक प्रचारलाई बढावा दिने प्रवृत्ति देखाएको छ। लोकतान्त्रिक मुलुकहरू यसलाई सुरक्षा खतरा मान्दै आवश्यक कदम चाल्न थालेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १६ २०८११२:२२:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend