आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एमाले सबैभन्दा धनी दल, कांग्रेस दुई वर्षदेखि घाटामा

एमाले सबैभन्दा धनी दल, कांग्रेस दुई वर्षदेखि घाटामा

  • मिडिया डबली डेक्स
  • बिहिवार, फाल्गुण १५ २०८१

  • 960
    SHARES

  • एमाले सबैभन्दा धनी दल, कांग्रेस दुई वर्षदेखि घाटामा
    फाइल तस्वीर

    काठमाडौं । राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी दल हो।

    बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दुई वर्षदेखि निरन्तर घाटामा गएको छ। नेकपा माओवादी केन्द्र को आम्दानी घटेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपैयाँले घाटामा गएको छ। 

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र सोको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम माघभित्र ८८ राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाएको छ । 

    आयोगमा बुझाइएको प्रतिवेदन अनुसार नेकपा (एमाले) ले गत आवमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ। आव २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपैयाँले घाटामा रहेको एमालेले यस वर्ष करिब सात करोड २८ लाख रुपैयाँले बचतमा गएको छ। 

    २०७९/८० मा सो दलले आठ करोड ९७ लाख २२ हजार ६५ रुपैयाँ आम्दानी गरेको थियो । एमालेले सोही आवमा सात करोड ५० लाख ३८ हजार तीन रुपैयाँ खर्च गरेको छ। आव २०७९/८० मा एमालेको खर्च करिब ११ करोड ६० लाख थियो। 

    एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट सङ्कलित सदस्यता शुल्कबापतको हो। उसले सो शीर्षकमा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही शीर्षकबाट एमालेले एक करोड २१ लाख १६ हजार ४१८ रुपैयाँ आम्दानी गरेको थियो । 

    नेकपा एकीकृत समाजवादीले गत आवमा चार करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी गरेको छ तर आम्दानीभन्दा उसले खर्च बढी गरेको छ। आयोगमा बुझाइएको प्रतिवेदन अनुसार उसले सोही आवमा चार करोड ५७ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । २०७९/८० को मौज्दातबाट घाटा कट्टी गराएको एकीकृत समाजवादी हाल ९९ लाख ६१ हजार ५८३ रुपैयाँले बचतमा छ। 

    नेपाली कांग्रेस भने दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपैयाँले घाटामा गएको छ। कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपैयाँ आम्दानी गरेको छ । उसको खर्च चार करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ छ । 

    माओवादी केन्द्रले आव २०८०/८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ। उसले २०७९/८० मा तीन करोड ४८ लाख ४१ हजार ९३ रुपैयाँ आम्दानी गरेको थियो । विवरणबमोजिम नेकपा (माओवादी केन्द्र) दुई हजार ४४३ रुपैयाँले बचतमा छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीको दोब्बर खर्च गरेको छ। उसले आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपैयाँ आम्दानी गरेको छ । छ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ उसको खर्च हो। एक करोड ६९ लाख ३० हजार ३७६ रुपैयाँले घाटामा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०७९/८० मा करिब पाँच करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १५ २०८१०७:४३:१३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend