आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनले अफ्रिकाको खनिज सम्पदा अवैध उत्खनन गरी लुटिरहेको आरोप

चीनले अफ्रिकाको खनिज सम्पदा अवैध उत्खनन गरी लुटिरहेको आरोप

  • एजेन्सी
  • मंगलवार, फाल्गुण १३ २०८१

  • 1.3K
    SHARES

  • चीनले अफ्रिकाको खनिज सम्पदा अवैध उत्खनन गरी लुटिरहेको आरोप

    चीनले अफ्रिकाका विभिन्न देशहरूमा अवैध उत्खनन गरी प्राकृतिक स्रोत साधनहरू लुटिरहेको आरोप लागेको छ। अफ्रिकाका बहुमूल्य खनिज तथा वनजंगल सम्पदालाई चीनियाँ कम्पनीहरूले अवैध रूपमा प्रयोग गरिरहेका छन्। अफ्रिकी राष्ट्रहरूको सरकारी अनुमतिबिना सुन, हीरा, टाइटेनियम तथा लिथियमलगायत बहुमूल्य खनिजहरूको अवैध उत्खनन र तस्करीमा चीन संलग्न रहेको बताइएको छ।

    गत महिना डेमोक्रेटिक रिपब्लिक अफ कंगो (DRC) मा तीन जना चिनियाँ नागरिकलाई अवैध रूपमा सुन खानी सञ्चालन गरेको आरोपमा सात वर्ष जेल सजाय भएपछि यो विषयमा विश्वको ध्यान केन्द्रित भएको छ। चिनियाँ कम्पनीहरूले स्थानीय समुदायलाई विद्यालय, अस्पताल तथा अन्य पूर्वाधार निर्माण गर्ने वाचा दिए पनि ती पूरा नगरेको भन्दै अफ्रिकी मुलुकहरूमा निरन्तर विरोध हुँदै आएको छ।

    यसैगरी, नाइजेरियामा सन् २०२० देखि २०२३ सम्म अवैध उत्खननमा संलग्न भएको आरोपमा १६ जना चिनियाँ नागरिक पक्राउ परिसकेका छन्। अवैध उत्खननसँगै जंगलमा दुर्लभ र प्रतिबन्धित रूखहरू काटेर चीनले लक्जरी फर्निचरको अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको समेत आरोप लागेको छ।

    चीनसँगको व्यापारिक र ऋण सम्बन्धका कारण अफ्रिकी सरकारहरूले कठोर कदम चाल्न नसकेको बताइएको छ। चीनसँगको ऋण निर्भरता र ठूलो व्यापारिक साझेदारीको फाइदा उठाउँदै चिनियाँ कम्पनीहरूले स्थानीय कानुनहरू उल्लंघन गरी अफ्रिकी स्रोतसाधनको निरन्तर दोहन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण १३ २०८१०२:५२:१०

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend