आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्तरराष्ट्रिय व्यापारमा पानीजहाज अत्यावश्यक भइसक्यो

अन्तरराष्ट्रिय व्यापारमा पानीजहाज अत्यावश्यक भइसक्यो

  • मिडिया डबली डेक्स
  • सोमवार, फाल्गुण १२ २०८१

  • 585
    SHARES

  • अन्तरराष्ट्रिय व्यापारमा पानीजहाज अत्यावश्यक भइसक्यो

    काठमाडौँ । नेपालका लागि अन्तरराष्ट्रिय व्यापारमा पानीजहाज अत्यावश्यक भइसकेको सांसदहरुले बताएका छन्।

    सोमवार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले पानीजहाज नेपालका लागि अत्यावश्यक भइसकेको बताए। 

    उनीहरुले नेपालमा केही समयअघि पानीजहाज चलाउनेभन्दा ठट्टा गर्ने गरे पनि अहिले नेपालमा पनि सानासाना पानीजहाज चलाउन मिल्ने कुरा बुझ्दै गएको बताए। 

    बैठकमा राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले नेपालमा पानीजहाज चलाउने कुरा गर्दा ठट्टामा उडाउने गरे पनि अहिले आएर बुझ्दै गएको बताए। उनले नेपालमा सानासाना पानीजहाज चलाएर जल यातायातको उपयोग गर्न सकिने उल्लेख गरे।

    उनले सरकारले पानी जहाजसम्बन्धी विधेयक ल्याएकोमा धन्यवाद दिँदै प्रभावकारी रुपमा जल यातायातको सदुपयोग गर्न आग्रह गरे।

    ‘अस्तिअस्तितिर नेपालमा पानीजहाज चलाउने कुरा गर्दा पानीजहाजलाई ठट्टामा उडाए। ठाउँठाउँ सानासाना जहाजहरु बनाएर उडाएका थिए‚ त्यसमा हामी पनि हाँसिन्थ्यो‚ अहिले त हामी हाँस्दैनौँ ‚’ उनले भने, ‘किनभने एउटै स्वर बनाएर पानीजहाज चल्ने रहेछ भनेर अघि बढेका छौँ। यो विधेयक ल्याइसकेपछि हाम्रा नदीहरुमा साना जहाजहरु कसरी चलाउन सकिन्छ, त्यसमा लागौँ।’

    बैठकमा राष्ट्रियसभा सदस्य गोपालप्रसाद भट्टराईले पानीजहाज भन्नुभन्दा जल यातायात भन्नु राम्रो हुने प्रस्ताव गरे। पानीजहाजसम्बन्धी विधेयक तत्काल अघि बढाउन जरुरी रहेको उनले बताए। 

    उनले तेल ढुवानीमा पाइप लाइन बिछ्याउने, अन्तरराष्ट्रिय व्यापारमा पानीजहाज अत्यावश्यक भइसकेको उल्लेख गरे। उनले भने, ‘तेल ढुवानीमा पाइप लाइन बिछ्याउने, अन्तरराष्ट्रिय व्यापारमा पानीजहाज अत्यावश्यक भइसकेका छन्।’

    बैठकमा राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले पहिला पानीजहाज नेपालमा चलाउने भन्दा नकारात्मक बहस हुने गरे पनि अहिले सानासाना जहाजहरु चलाउन सकिने कुरा बुझ्दै गएको बताए। 

    उनले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याउनु सकारात्मक रहेको बताए। वर्तमान सरकारले पानीजहाज निर्माण र पानीजहाज सेवा सञ्चालन गर्न कानून आवश्यक ठानेर ल्याएको बताए।

    उनले भने, ‘पहिला पानीजहाज चलाउनेभन्दा नेगेटिभ बहस हुन्थे तर अहिले पानीजहाज सञ्चालन तथा व्यवस्थापन भनेर विधेयक आएको छ। विधेयक ठिक भनेर संसदमा पनि पास गरिसकेका छौँ। यो विधेयक कानूनमा परिणत भइसकेपछि नेपालीले अन्तरराष्ट्रिय जलमार्गको उपयोग गर्न पाउनेछ।’

    राष्ट्रियसभा सदस्य सुरेशकुमार आलेमगरले नेपालमा पानीजहाजभन्दा अनौठो लागे पनि सानासाना पानीजहाज चलाउन सकिने कुरा बुझ्दै गएको बताए। उनले नेपालमा पानीजहाज अहिले आएर आवश्यक लागेको बताए। 

    हवाई यातायातभन्दा सस्तो हुने भएकाले पनि यो महत्वपूर्ण हुने बताए। सरकारले गरेको यो पहलकदमी सह्रानीय रहेको बताए।  

    बैठकमा राष्ट्रियसभा सदस्य डा. वेदुराम भुषालले तत्काल पानीजहाज सञ्चालन गरिहाल्ने भन्दा पनि कानूनी आधार तयार पार्नुपर्नेमा जोड दिए। उनले यसका लागि छुट्टै निकाय आवश्यक भए कानूनमा राख्न जरुरी हुने बताए। 

    उनले भने, ‘तत्काल पानीजहाज सञ्चालन गरिहाल्ने भन्दा पनि अहिले कानूनी आधार तयार गरौँ। त्यसका लागि कुनै निकायहरु चाहिन्छ कि त्यो पनि सोचौँ।’

    सांसदहरुले कानून निर्माण गर्दा भाषा बचाउनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरुले आन्तरिक जलमार्गबाट पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरेका छन्। 

    बैठकमा सांसदहरुले पानीजहाज भन्दा जल यातायात नाम राखेर जान सुझाव दिएका छन् तर हरेक भूपरिवेष्ठित राष्ट्रहरुले अन्तरराष्ट्रिय जलमार्गमा गरेका अभिसन्धीअनुसार अरु नाम राख्न नमिल्ने व्यवस्था छ। 

    सरकारले जल यातायात विभाग नाम राख्न खोजेको भए पनि अन्तरराष्ट्रिय कानूनअनुसार पानीजहाज कार्यालय नै भन्नुपर्ने बाध्यता छ। अन्तरराष्ट्रिय स्तरमा कार्यालय दर्ता गर्नुपर्ने भएकाले पानीजहाज कार्यालय नै नाम राख्नुपर्ने प्रावधान रहेको सरकारले स्पष्ट पारेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १२ २०८१०६:१२:४४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend