आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माओवादीको तराई मधेश जागरण अभियान आजदेखि

माओवादीको तराई मधेश जागरण अभियान आजदेखि

  • मिडिया डबली डेक्स
  • सोमवार, फाल्गुण १२ २०८१

  • 729
    SHARES

  • माओवादीको तराई मधेश जागरण अभियान आजदेखि

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ।

    अभियानको शुरुवात झापाबाट हुँदैछ। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू हिजै झापा पुगि सकेका छन्। 

    दिउँसो १२ बजे कचनकवल गाउँपालिका–७बनियानी बजारमा अभियानको औपचारिक उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष समेत रहेका झापाका युवा नेता रन्जित तामाङले जानकारी दिए। 

    माओवादीको गत पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सुरु हुन लागेको अभियान अन्तरगत भोलि मोरङ, १५ गते सुनसरी हुँदै १६ गते मधेस प्रदेशको सप्तरीमा कार्यक्रम हुनेछ। 

    मधेसका सबै जिल्लाहरु सकेर बागमतीको चितवन हुँदै गण्डकीको नवलपरासीमा सन्चालन हुने अभियान लुम्बिनी हुँदै चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ। 

    अभियानको क्रममा मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति–कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझाव सङ्कलन गर्ने लक्ष्य रहेको माआवादीले जनाएको छ। 

    यस्तो छ माओवादीको जागरण अभियानको तालिका 

    प्रदेश नं– १
    झापा– फागुन –१२ गते
    मोरङ–  फागुन १३ गते
    सुनसरी – फागुन १५ गते

    मधेश प्रदेश
    सप्तरी – फागुन १६ गते
    सिरहा – फागुन १७ गते
    धनुषा – फागुन १८ गते
    महोत्तरी – फागुन १९ गते
    सर्लाही– फागुन २१ गते
    रौतहट– फागुन २२ गते
    बारा– फागुन २३ गते
    पर्सा– फागुन २४ गते

    बागमती प्रदेश
    चितवन– फागुन २५ गते

    गण्डकी प्रदेश
    नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

    लुम्बिनी प्रदेश
    परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
    रुपन्देही–फागुन २८ गते
    कपिलवस्तु– चैत्र २ गते
    दाङ– चैत्र ३ गते
    बाँके– चैत्र ४ गते
    बर्दिया– चैत्र ५ गते

    सुदुरपश्चिम प्रदेश
    कैलाली–चैत्र ६ गते
    कञ्चनपुर– चैत्र ७ गते

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १८ २०८१०४:३७:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend