आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हमास लडाकु समूहले ६ जना बन्धक र इजरायलले ६ सय २ जना कैदीबन्दी रिहा गर्‍याे

हमास लडाकु समूहले ६ जना बन्धक र इजरायलले ६ सय २ जना कैदीबन्दी रिहा गर्‍याे

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण ११ २०८१

  • 648
    SHARES

  • हमास लडाकु समूहले ६ जना बन्धक र इजरायलले ६ सय २ जना कैदीबन्दी रिहा गर्‍याे

    प्यालेस्टिनी लडाकु समूह हमासले थप छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी मुक्त गरेको छ । हमास समूहले एवेरा मेन्गिस्टु, हिशाम अल–सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजाको रफाह शहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो ।

    उनीहरूमध्ये चार जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका छन् । अरू दुई जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    यसपटक पनि नेपालका विपिन जोशी रिहा हुन सकेनन् । हमास समूहले छ जना बन्धक मुक्त गरेलगत्तै इजरायलले पनि छ सय दुई जना प्यालेस्टनी कैदीबन्दीलाई रिहा गरेको छ । तीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका थिए ।

    अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो । अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो । हमास र इजरायलबीच झन्डै एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धकहरू रिहा गरिएको हो ।

    यो अवधिमा हमासले ३३ बन्धक रिहा तथा शव हस्तान्तरण गरेको छ । बदलामा इजारायलले झन्डै १९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ । हमास लडाकु समूहले अझै ६१ जनालाई बन्धक बनाएको अनुमान गरिएको छ । तीमध्ये एक जना जोशी पनि रहेका ठानिएको छ । कञ्चनपुरका जोशी कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ११ २०८१०७:३८:२०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend