आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपा सभापति लामिछानेलाई सजाय हुनैपर्छ : शेखर

रास्वपा सभापति लामिछानेलाई सजाय हुनैपर्छ : शेखर

  • मिडिया डबली डेक्स
  • शनिवार, फाल्गुण १० २०८१

  • 963
    SHARES

  • रास्वपा सभापति लामिछानेलाई सजाय हुनैपर्छ : शेखर

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन्।

    शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्ने बताए।

    तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताए। मानव अधिकारका कुरा नबुझ्नेहरु कांग्रेसी नहुने उनको तर्क छ। सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समयअघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्‍याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताए।

    उनले सुरक्षा चुनौती भए किन चितवन लगेको? भन्दै प्रश्न गरे। उनले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गरे।

    उनले भने, ‘कांग्रेसीहरुले जबसम्म मानव अधिकारका कुराहरु बुझ्दैनौँ तबसम्म हामी काँग्रेसी हुँदैनौँ। ठगेको छ उसले। उसले सजाय पाउनुपर्छ। तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा। र पुलिसले, गृह मन्त्रालयले यो भन्ने कि हामी प्रोटेक्शन लिन सक्दैनौँ। किन लगेको थियो त? प्रोटेक्शन दिन सक्दैन भने चितवनमा?’

    सांसद कोइरालाले अहिले नेपाली काँग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुंगो नलागेको प्रति आपत्ति जनाए। समयमै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफूनिकट नेता/कार्यकर्तालाई दबाब दिए। अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने बताए।

    उनले भने, ‘नेपाली कांग्रेस कमजोर भएको छ। अधिवेशन पनि कहिले हुने टुंगो छैन हाम्रो। ०८४ को चुनावपछि गर्ने भनिरहेको छ। तपाईंहरुले साथीहरुलाई भेट्दा कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुपर्‍यो। सामाजिक सञ्जालमा पनि लेख्न थाल्नुपर्‍यो। दोस्रो कुरा चिन्ता मलाई कहाँ लागेको छ। राज्य नै एमालेकरण भइरहेको छ कि भन्ने देखिरहेको छु। सरकार नै एमालेकरण भइरहेको छ कि भन्ने हो। त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ।'

    सांसद कोइरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १० २०८१०३:२५:३०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend