आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दक्षिण कोरियामा चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध

दक्षिण कोरियामा चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध

  • एजेन्सी
  • मंगलवार, फाल्गुण ६ २०८१

  • 468
    SHARES

  • दक्षिण कोरियामा चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध

    दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ । गोपनीयताको चिन्ताका कारण दक्षिण कोरियाले डीपसीकको कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) च्याटबोटको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

    देशको व्यक्तिगत डाटा सुरक्षा कानूनहरूको पालना सुनिश्चित गर्न सुधारका उपायहरू अपनाएमा यो एआई मोडेल दक्षिण कोरियाली प्रयोगकर्ताहरूका लागि फेरि उपलब्ध हुने सरकारी एजेन्सीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

    यस हप्ता समाचारमा देखा परेपछि डीपसीक दक्षिण कोरियामा निकै चर्चित भएको छ । लाखौं मानिसहरूले एप स्टोरबाट डाउनलोड गरेका छन् । तर जसरी डीपसीक चर्चित भयो, धेरै देशहरूमा यो छानबिनको दायरामा पनि आएको छ । गोपनीयता र राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै धेरै देशमा यो एपमा प्रतिबन्ध लगाइएको छ ।

    दक्षिण कोरियामा पहिले नै एप डाउनलोड गरिसकेकाहरूले यसलाई आफ्नो फोनबाट वा डीपसीकको वेबसाइटमा गएर प्रयोग गर्न सक्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ६ २०८१०५:४५:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend