आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सैनामैना दुधराक्ष कपको उपाधि पुलिसलाई

सैनामैना दुधराक्ष कपको उपाधि पुलिसलाई

  • मिडिया डबली डेक्स
  • शनिवार, फाल्गुण ३ २०८१

  • 573
    SHARES

  • सैनामैना दुधराक्ष कपको उपाधि पुलिसलाई

    सैनामैना । रुपन्देहीको सैनामैनामा सञ्चालन भएको दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा उपाधि दावेदार त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो ।

    पुलिसले आर्मीलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेट २५-१७, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ ले पुलिसले जितेको थियो ।

    जितसँगै पुलिसले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेतामा चित्त बुझाएको आर्मीले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

    प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम पनि आजै सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा सफल वि.क. बेष्ट प्लेयर, धन बहादुर भट्ट स्पाईकर, धनपति कुँवर ब्लकर, बलराम गुरुङ्ग सटर, इश्वर थापा लिब्रो, हिमाल सुनारी सर्भर र चन्द्र कुँवर बेष्ट कोच हुन सफल भएका छन् ।

    बेष्ट प्लेयर भएका वि.क.ले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्दा अन्य विधाका उत्कृष्ट खेलाडी तथा कोचले जनही ७ हजार ७ सय ७७ रुपैँया पाएका छन् ।

    हिजो भएको खेलमा तृतिय स्थान हासिल गरेको गण्डकीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सान्त्वना टोली मणिमुकुन्द भलिबल क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २ २०८१०८:१५:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend