सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

माओवादी फकाउन एमाले र एकीकृत समाजवादी फकाउन कांग्रेसलेलाई जिम्मा

माओवादी फकाउन एमाले र एकीकृत समाजवादी फकाउन कांग्रेसलेलाई जिम्मा

  • मिडिया डबली डेक्स
  • शनिवार, फाल्गुण ३ २०८१

  • 1.5K
    SHARES

  • माओवादी फकाउन एमाले र एकीकृत समाजवादी फकाउन कांग्रेसलेलाई जिम्मा

    काठमाडौं । सरकारमा सहभागी दलहरूको बैठक शनिबार बस्दैछ। शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयअनुसार आज बिहान ११ बजे सत्तापक्षीय सबै दलको बैठक बस्न लागेको हो।

    बैठकमा सत्तारुढ दलका शीर्ष नेतासहित प्रमुख सचेतक सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए। राष्ट्रिय सभामा बहुमत नपुग्दा ‘गलपासो’ बनेका अध्यादेश कसरी पारित गराउने भन्नेबारे  बैठकले समाधान निकाल्नेछ। 

    अध्यादेशका अन्र्तवस्तु विश्लेषण गर्दै विपक्षी दलहरूले पाँच अध्यादेशमा समर्थन जनाउने संकेत गरेका छन्। तर, भूमि अध्यादेशका केही प्रावधानमा असन्तुष्टि छ। जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीलाई मनाउने प्रयास समेत असफल भएपछि एमालेले माओवादी र कांग्रेसले एकीकृत समाजवादीलाई फकाउने जिम्मा पाएका छन्। 

    शुक्रबार बसेको कांग्रेस संस्थापन पक्षका नेताहरुको बैठकले समेत एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको थियो। तर, एकीकृत समाजवादीका उपाध्यक्ष भनुभक्त जोशीले भने संसदमा विरोधको सूचना दर्ता गरिसकेकाले अध्यादेशमा समर्थन गर्ने सम्भावना नरहेको बताएका छन्।

    जोशीले अहिले सत्तारुढ दलहरुबाट सहयोगका लागि औपचारिक प्रस्ताव नआउँदासम्म आफूहरुको अडान यथावत् रहेको तर भने छलफल हुनसक्ने बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०८१०९:३३:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend