सैनामैना । रुपन्देहीको सैनामैनामा प्रथम वडा कप वडास्तरीय नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
सैनामैना नगरपालिका र वडा नम्बर ५ को संरक्षकत्वमा हुने प्रतियोगिता बारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, अर्थ व्यवस्थापन, ट्रफी अनावरण, जर्सी सार्वजनीक तथा खेल तालिका सार्वजनिक गरिएको थियो ।
फागुन ४ गते देखि १० गतेसम्म सैनामैनाको बक्सडस्थित कोटिया खेल मैदानमा हुने प्रतियोगितामा आयोजकसहित १२ टोली सहभागि हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ र वडा नम्बर ८ खेल्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधिभर ८ हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।