आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ट्रम्प र मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

ट्रम्प र मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

  • एजेन्सी
  • शुक्रवार, फाल्गुण २ २०८१

  • 708
    SHARES

  • ट्रम्प र  मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय व्यापार बढाउने र अन्य विषयमा छलफल भएको छ ।

    ह्वाइट हाउसमा भएको छलफलमा ट्रम्पले दुई देशबीचको व्यापार घाटा कम गर्न थप अमेरिकी तेल र ग्यास आयात गर्न दिल्लीसँग सम्झौताको घोषणा गर्नुभएको छ ।

    द्विपक्षीय वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा  राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

    यस्तै मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताउनुभयो । ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग सय बिलियन डलर रहेको बताउनुभयो ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले आयात करको कुरामा सहयोगी नै शत्रुभन्दा खराब हुन्छन भन्दै नयाँ पारस्परिक कर योजनाको घोषणा गरेपछि उहाँहरुको भेट भएको खबरमा उल्लेख छ ।

    करको बदलामा कर योजना सबै अमेरिकी व्यापार साझेदारहरूमा लागू हुने छ । यो कर योजना ट्रम्प प्रशासनले घोषणा गरेको सबैभन्दा नयाँ शृङ्खला हो ।

    ट्रम्पले नयाँ घोषणा भएका कर व्यवस्था कहिलेदेखि लागू हुने भन्ने स्पष्ट समय भने तोक्नु भएको छैन । ट्रम्पले कर नीतिबारे धम्की मात्र दिएको पनि यसबाट पछि हट्ने सम्भावना रहेको खबरमा उल्लेख छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २ २०८११२:२२:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend