काठमाडौँ । नेपाली काँग्रेसले विभिन्न भ्रातृ संगठनहरूको अधिवेशन चैतमा गर्ने भएको छ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनबीचको छलफलपछि सबै भ्रातृ संगठनहरूको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो। काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए।
उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरूसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए। तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले जानकारी दिए।
महतले भने, ‘भातृ संगठनहरूको अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरेको थियो, त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्नसक्छ भन्ने बारेमा छलफल केन्द्रित भयो। केही साथीले चुनौती दर्शाउनुभयो तर धेरै साथीले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’
प्रवक्ता डा. महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।