काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मल र उन्नत बिउ समयमै उपलब्ध गराउने विषयमा कृषि मन्त्रालयसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री ओलीले कृषि मन्त्री रामनाथ अधिकारीसहित मन्त्रालयका अधिकारीहरूसँग यस वर्षका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी लिएका हुन्।
वार्षिक रूपमा आवश्यक पर्ने ५ लाख ५० हजार मेट्रिकटन मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको पनि ओलीले उल्लेख गरेका छन्।
‘यस वर्षका लागि २ लाख ४० हजार मेट्रिकटन मल आयात भइसकेको छ भने गत वर्षको मौज्दातसमेत गरी २ लाख ६२ हजार मेट्रिकटन बिक्री भइसकेको छ।’ ओलीले सामाजिक संजालमा लेखेका छन्, ‘३० हजार मेट्रिकटन युरिया मल आयातको क्रममा छ।’
किसानलाई खेतीको समयमा मलखाद उपलब्ध गराउन सरकार लागिपरेको उनले बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।