आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत

इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ ३० २०८१

  • 837
    SHARES

  • इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत

    काठमाडौं । इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् ।

    यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए ।

    ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्ध अन्त्यको चेतावनी दिएका हुन् ।

    सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो ।

    यो सम्झौतासँगै एकअर्काले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने क्रम चलिरहेको थियो । सोही अन्तर्गत शनिबार हमासले तीन इजरायली बन्दी रिहा गर्ने तयारी थियो ।

    तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या खडा भएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ ।

    इजरायली प्रधानमन्त्री नेतन्याहुले आफूहरुबाट युद्धविराम उल्लंघन नभएको जिकिर गरेका छन् । उनले हमासले शनिबार बन्धकहरुलाई मुक्त नगरे पुनः आक्रमण सुरु गर्ने र हमासले पूर्णरुपमा हार स्वीकार नगरेसम्म आक्रमण जारी राख्ने बताएको बीबीसीले जनाएको छ ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार हमासको नियन्त्रणमा अझै ७६ जना इजरेली बन्धकहरु रहेको अनुमान छ ।

    २०२३ को अक्टुबर ७ मा नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगेको थियो । उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । उनलाई मुक्त गराउन नेपाल सरकारबाट कूटनीतिक प्रयास भए पनि सफल हुन सकेको छैन । इजरायल र हमासबीच पुनः युद्ध सुरु हुने सम्भावनाले फेरि आतंक र भय पैदा भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ३० २०८१०९:१७:२२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend