काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि सुरु भएको हो ।
बैठकको प्रारम्भ गर्दै सभामुख घिमिरले भने, ‘आजै १५ मिनेटका लागि स्थगित भएको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउँदछु । आजैको बैठकमा यसअघि सभाबाट भएको निर्देश बमोजिम छानबिन गरी निष्कर्षमा पुग्ने जानकारी गराउँदछु ।’
आकस्मिक र शून्य समय सकिएपछि सभामुखले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले उनले बोलेका कुरा संसद्को रेकर्डबाट मेट्न माग गर्दै बैठकमा अवरोध गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।