काठमाण्डाै । लगातार पाँच काराेबार दिनसम्म घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.५४ अङ्कले बढेर २ हजार ६ सय ८३.८६ विन्दुमा पुगेको छ ।
आज बैंक, फाइनान्स, होटल, बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज सिकलेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ९६ करोडको शेयर कारोबार भएकोमा आज २ सय ९९ वटा कम्पनीका १ करोड ३९ लाख कित्ता शेयर ७ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।