सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइयो

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइयो

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ २६ २०८१

  • 693
    SHARES

  • खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइयो

    काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ।  सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले जानकारी दिए।

    खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी भएको र केही कागजात जलेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन। आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन। मन्त्रालयका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पनि प्रहरीले बताएको छ।

    खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा रहेका तीनवटा कोठामा शनिबार बिहान पौने ९ बजेतिर आगो लागेको हो। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २६ २०८११०:५५:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend