सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई एमाले र कांग्रेसको ह्विप

अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई एमाले र कांग्रेसको ह्विप

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ २४ २०८१

  • 672
    SHARES

  • अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई एमाले र कांग्रेसको ह्विप

    काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ।

    एमाले र कांग्रेस दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको राष्ट्रिय सभा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले जानकारी दिईन् ।

    राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभा समक्ष पेस गर्नुहुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभा समक्ष पेश गर्नुहुने, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

    यस्तै,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ प्रश्तुत हुने कार्यसूचि रहेको छ।

    आज प्रतिनिधि सभाको बैठक पनि बस्दैछ । दिउँसो १ बजेबाट शुरु हुने बैठकमा संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २४ २०८१११:३९:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend