सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी छ : सञ्चारमन्त्री

अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी छ : सञ्चारमन्त्री

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ २३ २०८१

  • 981
    SHARES

  • अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी छ : सञ्चारमन्त्री

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी रहेको बताएका छन् ।

    बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरू नियमन गर्न जरुरी रहेको बताएका हुन् । नेपाली अनलाइन मिडिया क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उनको भनाइ थियो ।

    प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै उनले यसको नियमन गर्न जरुरी रहेको बताए । सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमुना भए पनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको उनको भनाइ थियो ।

    अनलाइन मिडियाले सामाजिक सद्भाव, आपसी एकता र धार्मिक सहिष्णुता प्रवर्द्धनमा सहयोग नगरेको उनको जिकिर थियो । हेट स्पिचको माध्यमबाट व्यक्ति विषेश र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने भन्दै उनले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागि परेको बताए ।

    पत्रिका, रेडियो, टेलिभिजन आचारसंहिताभित्र बस्नुपर्ने तर अनलाइन चलाउने चाहिँ बस्न नपर्ने भन्ने दुनियाँमा नहुने मन्त्री गुरुङको तर्क थियो ।नेपालमा धेरै धर्म मान्ने मानिस भए पनि अहिलेसम्म धार्मिक द्वन्द्व नभएको भन्दै धार्मिक सहिष्णुताका लागि एउटा नमुना मुलुक भएको उनले बताए ।

    दुर्गा प्रसाईंलाई प्रयोग गरेर अराजकता सिर्जना गर्ने काम भएको भन्दै उनले त्यो काम राम्रो नभएको बताए । राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, स्वतन्त्रताको कुरामा असाध्यै कमजोर बनाइरहे भन्दै उनले भने, ‘राष्ट्रिय एकता बलियो बनाउनका लागि पनि अनलाइन मिडिया नियमन गर्न जरुरी छ ।’

    हेट स्पिचको माध्यमबाट गलत कुराहरू भनेर कुनै व्यक्ति, पार्टी, समाज र समुदायको बदनाम गर्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुननसक्ने भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २३ २०८१०५:३८:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend