आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विधानसभा निर्वाचनका लागि मतदान सुरु

विधानसभा निर्वाचनका लागि मतदान सुरु

  • एजेन्सी
  • बुधवार, माघ २३ २०८१

  • 648
    SHARES

  • विधानसभा निर्वाचनका लागि मतदान सुरु

    भारतको नयाँ दिल्ली विधानसभा निर्वाचनका लागि मतदान सुरु भएको छ।   भारतीय निर्वाचन आयोगका अनुसार मतदान ७ बजेबाट बेलुका ६ बजेसम्म चल्नेछ।

    निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने ३० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। दिल्लीमा रहेको ७० वटै विधानसभा सिटका लागि आजै मतदान हुनेछ। जसका लागि ६९९ उम्मेदवार मैदानमा छन्। यीमध्ये ९६ जना महिला रहेका छन्। 

    दिल्ली विधानसभा निर्वाचनको मतदानका लागि १३ हजार ७६६ मतदान केन्द्र निर्धारण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मतदानका लागि एक करोड ५६ लाख मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने बताइएको छ।

    यसका पटकको चुनावी मैदानमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल, मुख्यमन्त्री आतिशी, आपका नेता मानिस सिसोडियामाथि सबैको नजर हुनेछ भने भारतीय जनता पार्टीबाट उम्मेदवार भएका परवेश वर्मा र कंग्रेस उम्मेदवार भएका सन्दीप दीक्षित मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

    दिल्लीको ७० वटै सिटमा आम आदमी पार्टी र कंग्रेसले आफ्नो उम्मेदवार उतारेका छन् भने भाजपाले ६८ सिटमा आफ्ना उम्मेदवार मैदानमा उतारेको बताइएको छ। 

    लोकसभाका लागि केजरीवाल नेतृत्वको आम आदमी पार्टी र कंग्रेस एउटै गठबन्धनमा रहेपछि विधानसभा निर्वाचनका लागि दुवै एक्लाएक्लै प्रतिस्पर्धामा छन्।

    दिल्लीका विधानसभामा सन् २०१५ र २०२० गरी दुई पटक एकल बहुमत ल्याएको केजरीवाल नेतृत्वको आम आदमी पार्टीले भने तेस्रो पटक एकल बुहमत ल्याउने दाउमा छ भने सन् २०२० मा ८ सिटमा सीमित भएको भाजपा भने ६० सिट आउने विश्वास व्यक्त गरिरहेको छ। 

    यस्तै दिल्लीमा १० वर्षदेखि सिटविहीन रहेको कंग्रेसले भने यसपटक खाता खोल्ने गरी मैदानमा उत्रिएको छ। आज हुने मतदानको नतिजा भने फेब्रअरी ८ मा सार्वजनिक हुने बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २३ २०८१०८:३६:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend